punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा भूकम्प : एक महिलाको मृत्यु, २५ घरमा क्षति

Chaupati
safha napa

बाजुरामा भूकम्पका कारण एक महिलाको मृत्यु भएको छ ।

भूकम्पसँगै माथिबाट खसेको ढुङ्गाले लागेर जिल्लाको गौमुल गाउँपालिका–२ जुरेलीमा करिब ३५ वर्षीकी जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

स्थानीय जङ्गलमा घाँस काट्ने बेला ढुङ्गाले लागेर महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको ।

आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

अहिले सम्म जिल्लामा २५ घरमा क्षति पुगेको विवरण प्राप्त भएको डीएसपी थापाले जानकारी दिए


१० माघ २०७९, मंगलवार १७:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु