punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरा भूकम्पको क्षति विवरण संकलन भइरहेको छ : सिडिओ खड्का

Chaupati
safha napa

बाजुरा जिल्लामा भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलनका लागि प्रहरी खटाइएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार क्षतिको विवरण सङ्कलनका लागि प्रहरी खटाइएको हो।

उनले भूकम्पका कारण केही घरहरू भत्किएको र केही क्षतिग्रस्त भएको बताए।आज दिउँसो २स्४३ बजे बाजुराको मेलालाई केन्द्रबिन्दु बनाएर ५।९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सो भूकम्पमा परी गौमुल गाउँपालिकामा एक जनाको मृत्यु भएको सूचना आएको तर प्रहरी पुगेपछि मात्रै आधिकारिक तथ्य आउने उनले बताए।

ुगौमुल गाउँपालिकामा घाँस काट्न गएकी जमुना रोकायाको मृत्यु भएको खबर स्थानीयबाट प्राप्त भएको छ। प्रहरीलाई सो ठाउँमा पठाइएको छ। प्रहरी पुगेर रिपोर्ट गरेपछि आधिकारिक सूचना आउँछ।ु

उनले भूकम्पका कारण एक घरमा ३५ वटा भेडा च्याँगा पुरिएको र गोठालो घाइते भएको बताए।

हाल जिल्लाभर क्षतिको विवरण संकलन भइरहेको र सम्पूर्ण विवरण आएपछि मात्र थप जानकारी प्राप्त हुने उनले बताए।


१० माघ २०७९, मंगलवार १८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु