दादुरा विरुद्धको खोप लगाए कैलालीका दुई जनामा दादुरा पुष्टि, थप दुईको नमुना सङ्कलन
धनगढी । कैलाली जिल्लामा दुई जनामा दादुरा देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कैलाली प्रमुख लालबहादुर धामीका अनुसार गोदावरी नगरपालिका‐३ भैसीहारका पाँच वर्ष १० महिना र गौरीगङ्गा नगरपालिका‐६ का १८ महिने बालकमा शुक्रबार दादुरा पुष्टि भएको हो ।
उहाँका अनुसार दुवै बालकले दादुराविरुद्धको खोप लगाए पनि दादुरा देखिएको छ ।
गौरीगङ्गाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको हो । यस्तै, गरेर धनगढी उपमहानगरपालिका‐ १ पशुपति टोलका दुई बच्चामा पनि दादुराको लक्षण देखिएपछि उपचार भइरहेको छ । उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको छ ।
धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएर र अर्का खोप नलगाएका पाँच वर्षीय बालक भारत गएर फर्किएपछि दादुरा देखिएको उहाँले बताउनुभयो ।
बालबालिकाले जन्मेदेखि १५ महिना भित्रमा १३ वटा खोप लगाउनुपर्छ । केही गरेर ती खोप छुटेमा पाँच वर्ष भित्र लगाउनुपर्छ ।
८ माघ २०७९, आइतवार १६:११ बजे प्रकाशित













