दीपेन्द्रश्वार स्मृति डिसिए क्रिकेट प्रतियोगिता : शारदामाथि हिलवल्र्डको जित

धनगढी, ८ माघ । धनगढीमा जारी दीपेन्द्रश्वार स्मृति डिसिए इन्टर स्कुल क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा शारदा माविलाई हिलवल्र्ड बोर्डिङ स्कुलले ४६ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हिलवल्र्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो । उसका अमित परियारले १९ बलमा १ चौका र दुई छक्कासहित २५ रन बनाए ।
यस्तै करणसिंह धामीले २६ बलमा २ चौकासहित २२ तथा रमेश विष्टले ११ बलमा २ चौकासहित १० रन बनाए ।

No description available.

बलिङतर्फ शारदाका सागर सिंह, पवन विष्ट र रमेश विष्टले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा शारदाले १४।१ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्रै बनाउन सक्यो ।
उसका प्रविन खत्रीले २३ बलमा २ चौकासहित १६, आयुष बोहराले १८ बलमा ८ तथा इश्वर बोगटीले १ बलमा एक चौकासहित ७ रन जोडे ।

बलिङमा हिलवल्र्डका भक्त साउद र सुशील खड्काले ३–३ तथा विवेक विकले २ विकेट लिए ।
माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।
यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए ।

त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।
डीसीएका पूर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।


८ माघ २०७९, आइतवार १५:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु