punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु

Chaupati
safha napa

एजेन्सी । क्यालिफोर्नियाको एक कार्यक्रममा अन्धाधुन्ध गोली चलेको छ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ। करिब १६ जनालाई गोली लागेको छ।

मिडिया रिपोर्टका अनुसार यो घटना क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको हो। शनिबार राति भएको घटनापछि सो क्षेत्रमा त्रासको वातावरण रहेको छ।

जानकारी अनुसार गोलीबारी स्थानीय समय अनुसार राति १० बजे भएको थियो। यहाँ मोन्टेरी पार्कमा चिनियाँ नयाँ वर्ष मनाइँदै थियो। सो क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए।


८ माघ २०७९, आइतवार १६:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु