punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा भीम रावलले भने- एमालेमै क्रियाशील हुन्छु, रोक्न खोजे आफ्नो बाटो खोज्छु

Chaupati
safha napa

नेकपा एमालेका नेता डा भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताएका छन् । तर, जबरजस्ती कसैले बाटो रोके आफ्नो बाटो खोज्ने उनले बताए ।

पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताए ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पहिलो पटक गृहजिल्ला अछाम पुगेका नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबी गरे ।

निर्वाचनमा उम्मेदवारका लागि अछाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र(१ बाट वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेशबाट एकल नाम सिफारिस भएपनि टिकट नपाएकोप्रति असन्तुष्टि पोख्दै नेता रावलले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिका कारण पटक पटक देशभक्त व्यक्तिहरुमाथि प्रहार हुँदै आएको छ ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका डा रावलले सरकारले गरेका राम्रा कामको सधैँ प्रशंसा गर्ने बताए । ‘राम्रा कामको प्रसंशा गर्छु र गलत कामको आलोचना गर्छु’ डा रावलले भने, ‘सरकारका कतिपय मन्त्रीले स्वार्थ बाँझिने मन्त्रालय रोजेका छन्, यसले जनतामा सुशासनको अनुभूति हुँदैन ।’

आफूले जहिले पनि राष्ट्रको हितमा आवाज उठाएको बताउँदैरावलले देशभक्तिपूर्ण आवाजमा देशभरकानागरिकको साथ रहेको दाबी गरे ।

 


६ माघ २०७९, शुक्रवार १२:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु