धनगढीको बेला धाममा माघ २५ देखि महायज्ञ लाग्ने
धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको बेलादेवी धाममा अगामी माघ ११ गतेदेखि शिवपुराण एकादशाह ज्ञान महायज्ञ तथा विश्वकल्याण श्रृंगारिक महाआरती हुने भएको हो ।
बिहीबार धाममा पत्रकार सम्मेलनको आयोजना गर्दै बेलादेवीपुर धाम व्यवस्थापन समितिका अध्यक्ष कविराज जोशीले माघ २५ गतेदेखि मंसिर ६ गतेसम्म धाममा महायज्ञ आयोजना गरिन लागेको जानकारी दिए ।
शेष शैयामा शयन गरेका लक्ष्मीनारायणको ठूलो मूर्ती निर्माणार्थ सांस्कृति महोत्सव नाम दिएर महायज्ञ आयोजना गरिरहेको उनको भनाई छ । जोशीकाअनुसार महायज्ञ व्यवस्थापन र सञ्चालनमा करीब १० लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ ।
महायज्ञमा प्रमुख पुराण बाचक पुर्णानन्द जोशीको मुखार बिन्दुबाट मुलपाठ वाचन हुने, पुराण वाचक बालव्यास पुरोणोपासक पण्डित सत्यराज अवस्थीले संगितमय प्रवचन दिने आयोजकले जनाएको छ ।
गोदावरी धामबाट जल ल्याएर धनगढीको लक्ष्मीनारायण मन्दिर हुँदै बेला धामबाट बेलागाउँ देवीपुर टोल, नजरिया मष्टा मन्दिर परिक्रमा गरी कलश यात्रा गर्ने कार्यक्रम पनि तय गरिएको छ । महायज्ञ अवधीभर ब्रतबन्ध गर्न पाइने, तुला दान गर्न सकिने, चौरासी पुजा गर्न सकिने, यज्ञको कलश ग्रहण तथा महाआरतीकर्ता बन्न सकिने आयोजकले जनाएको छ ।
६ माघ २०७९, शुक्रवार ०६:५० बजे प्रकाशित































