प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : अहिले सेमिफाइनलमा सुदूरपश्चिम र मधेस खेल्दै
काठमाडौँ – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश खेल्दै छन् । यो खेल सुरु भएको छ । सुदूरपश्चिम समूह ए को विजेता र मधेस प्रदेश समूह बी को उपविजेता टोली हो ।
आज नै हुने दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरीको एपीएफ क्लबबिच खेल हुनेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । प्रदेश १ समूह ‘बी’ को विजेता र एपीएफ समूह ए को उपविजेता हो ।
प्रतियोगितामा आठ टोली सहभागी भएकोमा दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको फाइनल खेल भोलि शनिवार हुनेछ । उपाधि विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।
सुनसरीको इटहरीमा प्रतियोगिता भइरहेको छ ।
६ माघ २०७९, शुक्रवार १०:५३ बजे प्रकाशित































