punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पश्चिम सेती र सेती नदी –६ जलविद्युत परियोजनाको सम्झौता पछि मुख्यमन्त्री रावलको प्रतिक्रिया, आवश्यक सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध छ

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले नेपाल सरकार, लगानी बोर्ड र NHPC Limited, Government of India Enterprise बिच पश्चिम सेती जलविद्युत परियोजना र सेती नदी –६ जलविद्युत परियोजना विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै आयोजनाले मुलुकको व्यापार घाटा न्यूनीकरण गर्ने बताए । मुख्यमन्त्री रावलले जलविद्युत आयोजनाको लागि आवश्यक सहयोग, समन्वय र साझेदारीका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको समेत प्रतिबद्धता जनाएका छन् ।

‘यस परियोजना कार्यान्वयन हुँदा विकासका दृष्टिले पिछडिएको सुदूरपश्चिम प्रदेश आर्थिक तथा सामाजिक विकासको मूल प्रवाहमा प्रवेश गर्नुका साथै नेपालमा उत्पादित विद्युत् निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरण गर्ने मार्ग प्रशस्त हुनेछ’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘यस जलविद्युत आयोजनाको विकासका लागि आवश्यक सहयोग, समन्वय र साझेदारीका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’

राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको बहुप्रतिक्षित आयोजनाको सफल कार्यान्वयनमा साथ र सहयोग गर्न अपिल गरेका छन्।

‘सुदूरपश्चिम प्रदेशका नागरिक र मुलुकको समृद्धिसँग जोडिएको यस महत्त्वपूर्ण परियोजना कार्यान्वयनमा आ–आफ्ना क्षेत्रबाट सहयोगका लागि हार्दिक अपिल गर्दछु’ मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘समझदारी पत्र अनुसार परियोजना विकास र शीघ्र कार्यान्वयनको लागि नेपाल सरकारसँग अनुरोध गर्दछु ।’


४ माघ २०७९, बुधवार २१:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु