punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकार बिस्तार र विश्वासको मत बारे छलफल गर्न आज मुख्यमन्त्री सहित सत्ता गठबन्धनका नेताहरू काठमाडौँ जाँदै

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम सरकार बिस्तार र विश्वासको मत बारे छलफल गर्न आज मुख्यमन्त्री राजेन्द्र रावल सहित सत्ता गठबन्धनमा नेताहरू काठमाडौँ जाने भएका छन् । उनीहरु काठमाडौँमा सत्ता गठबन्धनका केन्द्रीय नेताहरूसँग छलफल गरेर विश्वासको मत बारे निर्णय गर्ने जनाइएको छ ।

एमाले, माओवादी सहित सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टीका नेताहरू पनि आजै काठमाडौँ जाने छन् । नागरिक उन्मुक्ति संरक्षक रेशम चौधरीसँग संयुक्त रुपमा बसेर सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने बिषयमा छलफल हुने बताइएको छ ।

नागरिक उन्मुक्तिले सरकारलाई समर्थन गरेको छ । आफ्ना माग पुरा नभएको भन्दै नागरिक उन्मुक्तिले एक पटक कतै मत नदिएपछि नागरिक उन्मुक्ति पार्टी र सरकार बिच असमझदारी बढेको अनुमान गरिएको थियो । तर, तेस्रो पटक भएको निर्वाचनमा उनीहरुले पनि सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिए र माओवादीका भीम भण्डारी निर्वाचित भए ।
अहिले नागरिक उन्मुक्ति पार्टी सरकारसँगै रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीलाई कुन कुन मन्त्रालय दिने भन्ने बिषयमा पनि काठमाडौँमा छलफल हुने बताइएको छ । पहिलो उनीहरूलाई विश्वासको मत दिने वातावरण सृजना गर्ने र सरकारमा सहभागी गराउने बारे छलफल हुने काठमाडौँ जाँदै गरेका एक नेताले बताए ।
त्यस लगत्तै सम्बन्धित पार्टीले आफ्ना नेतृत्वसँग सरकारमा सहभागी हुने बिषयमा पनि छलफल गर्ने बताइएको छ।

अहिले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री एमालेको राजेन्द्र रावल र अन्य दुई विना विभागीय मन्त्री मात्रै नियुक्त भएका छन् । काठमाडौँमा सहमति पछि सरकारले विश्वासको मत लिने र सरकार बिस्तार गर्ने योजना छ ।


५ माघ २०७९, बिहीवार ०७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु