punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सभामुख निर्वाचनमा नागरिक उन्मुक्ति तटस्थ बस्ने, आज पनि सभामुख चयन नहुने सङ्केत

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनका लागि नागरिक उन्मुक्ति कुनै प्रक्रियामा सहभागी नहुने जनाएको छ । नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले गठबन्धनसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आफ्नो पार्टी तटस्थ बन्ने जनाएका हुन् । यहाँ नागरिक उन्मुक्तिका ७ सांसद छन् । उनीहरु कतै नलाग्दा कुनै पनि गठबन्धनमा बहुमत पुग्दैन ।

यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।

सत्ता गठबन्धनमा नागरिक उन्मुक्तिका ७ जनाले कतै मत नदिँदा सत्ता गठबन्धनमा २२ जना मात्रै हुन्छ । यता कांग्रेस नेकपा एकीकृत समाजवादी तर्फ पनि नागरिक उन्मुक्तिले मत नदिँदा २३ मत पुग्छ ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख चयन हुन २७ सांसद आवश्यक हुन्छ । अहिले नागरिक उन्मुक्तिले आज कसैलाई मत नदिए कसैका पनि बहुमत नपुग्ने देखिएको हो ।
यहाँ काङ्ग्रेसबाट मानबहादुर रावल र माओवादीबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् । उनीहरु बिच बिहीबार पनि कसैले बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो ।


३० पुस २०७९, शनिवार १८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु