नागरिक उन्मुक्तिका ७ सांसदले पक्ष र विपक्ष कतै मत दिएनन् , सभामुख निर्वाचित नहुने निश्चित
नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यहरूले सभामुख निर्वाचनमा कतै मत दिएनन् । यहाँ माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली काङ्ग्रेसबाट मनाबहादुर रावल सभामुखका उम्मेदवार छन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ ।
यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् । आफ्ना मागहरू सम्बोधन नभएको भन्दै पक्ष र विपक्षमा मत नदिएपछि सभामुख निर्वाचित नहुने निश्चित भएको हो ।
३० पुस २०७९, शनिवार १९:४८ बजे प्रकाशित






























