punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीप लामिछाने २० लाख धरौटीमा आज रिहा हुँदै

Chaupati
safha napa

नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदैछन्।

शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने छ। धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै उनी थुनामुक्त हुनेछन्। बिहिबार सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशसँगै सन्दीप शुक्रबार छुट्न लागेका हुन्। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो।

धरौटीमा रिहा भएपछि लामिछानेलाई विदेश जान रोकेको अदालतले राज्यलाई उनको पासपोर्ट रोक्का गर्न पनि आदेश दिएको छ । त्यस्तै, काठमाडौं उपत्यका बाहिर जानुपरेमा उपत्यका प्रहरी वृत्त गौशालालाई पूर्वजानकारी दिन पनि आदेशमा भनिएको छ । यस्तै, अदालतले उनलाई आफूविरुद्ध लागेको बलात्कार मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन पनि रोक लगाएको छ । आदेशमा भनिएको छ, ‘मुद्दाका वादी वा परिवारका सदस्य तथा मुद्दाका सन्दर्भमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुनै विचार, टिप्पणी वा धारणा व्यक्त गर्न रोक लगाइएको छ ।’

लामिछाने गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए। उनले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो। त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो।

जाहेरी दर्ता हुँदा लामिछाने केन्यासँगको शृंखला सकेर क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए। त्यहीँबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए। उनी आफू निर्दोष भएको दाबी गर्दै उक्त मुद्दाविरुद्ध उच्च अदालत पाटन गएका थिए।


२९ पुस २०७९, शुक्रवार ०७:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु