सुनको भाउ तोलाको १ लाख ३ हजार ९सय रुपैयाँ पुग्यो, चाँदीको कति?
शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला २ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
२९ पुस २०७९, शुक्रवार ११:२० बजे प्रकाशित































