punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज पनि सभामुखको निर्वाचन

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख पदको लागि निर्वाचन हुने छ। हिजो साझ भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज पुन निर्वाचन हुन लागेको हो । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् ।
हिजो पक्षमा र विपक्षमा गरि दुई पटक सम्म मतदान भएको थियो । पहिलो चरणमा भएको मतदानमा भीम भण्डारीले बहुमत आवश्यक मत २७ पाइसकेका थिए । विपक्षमा गरिएको मतदानमा सत्ता गठबन्धनकै एक सांसदको मत बदर भएपछि उनको मत २६ पुग्यो ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ । हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे निर्वाचन हुने भएको छ । हिजो रावलको पक्षमा २३ मत खसेको थियो ।


२९ पुस २०७९, शुक्रवार ०७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु