punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वतन्त्र सांसद तारा जोशीले सभामुखको निर्वाचनमा मत दिन नपाउने सम्भावना बढी

Chaupati
safha napa

कैलाली । आज पनि सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचन हुँदै छ । हिजो कसैले बहुमत पुराउन नसकेपछि आज ११ बजे पुन निर्वाचन हुन लागेको हो । हिजोको निर्वाचनमा प्रतिपक्षीलाई साथ दिएका स्वतन्त्र सांसद डा। तारा जोशीले आजको निर्वाचनमा मत दिन नपाउने सम्भावना बढि रहेको छ ।

डडेल्धुरामा भटमास कम्पनीको साधारण सभामा सहभागी हुन सांसद जोशी हिजो नै डडेल्धुरा प्रस्थान गरिसकेका छन् । कम्पनीका संस्थापक र अध्यक्ष पनि जोशी हुन् । उक्त कम्पनीको साधारण सभा पनि आजै भएको हुँदा उनी ११ बजे नै धनगढी पुग्ने सम्भावना कम रहेको उनी निकट स्रोतले भन्यो ।

११ बजे निर्वाचन हुँदा जोशी डडेल्धुरामा कार्यक्रममा हुने छन् । उनी कार्यक्रममा भएको हुँदा भोट हाल्न नपाउने सम्भावना बढि रहेको हो ।


२९ पुस २०७९, शुक्रवार ०७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु