punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वासको मत दिन्छौं, तर माग पूरा नभएसम्म प्रतिपक्षमा बस्छौं : रञ्जिता श्रेष्ठ

Chaupati
safha napa

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रेशम चौधरीसहित थारु बन्दीहरु रिहा नभएसम्म आफूहरु प्रतिपक्षमै बस्ने बताइन् ।

‘तपाईको सरकारलाई विश्वासको मत दिन्छौं, किनभने राष्ट्रपतिसमक्ष हस्ताक्षर गरेर समर्थन जनाइसकेपछि हामी झुटा हुन चाहदैनौं’ उनले प्रधानमन्त्रीलाई भनिन्, ‘धेरै माननीयलाई लाग्ला विश्वासको मत दिएर पनि किन प्रतिपक्षमा भन्ने, यसको उत्तर तपाईंसँगै छ ।’

प्रधानमन्त्री प्रचण्डले दिएको मौखिक वाचा पूरा भएको भए आफूहरु सत्तापक्षकै कुर्सीमा बस्ने थियौं भन्दै अध्यक्ष श्रेष्ठले भनिन्, ‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हामी प्रतिपक्षकै कुर्सीमा बस्नेछौं ।’

प्रधानमन्त्री नियुक्तिका लागि प्रचण्डलाई समर्थन गरेपछि आफूहरु निरन्तर मतदाताको सम्पर्कमा रहेको भन्दै उनले मतदाताले सरकारमा नजान खबरदारी गरेको पनि बताइन् ।

‘मतदाताहरुले हामीलाई भनेका छन्, सम्पर्ण कारागारमा रहेका थारु बन्दीको रिहा नभएसम्म मन्त्रालयको दैलो नटेक्नू’ अध्यक्ष श्रेष्ठले भनिन् ।


२६ पुस २०७९, मंगलवार १६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु