अत्तरियामा भोलीदेखी प्रादेशिक महोत्सब लाग्ने, कसले गर्दै छ उद्घाटन ?
कैलालीको अत्तरियामा भोली देखी प्रादेशिक महोत्सव लाग्ने भएको छ। अत्तरिया उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ ९ गते सम्म महोत्सव लाग्ने भएको हो ।
महोत्सवको बारेमा सङ्घले आज पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जनाएको हो । अत्तरिया पूर्व रोडको लामिताल परिसरमा महोत्सवको आयोजना गरिएको सङ्घका अध्यक्ष अशोकराज देवकोटाले जानकारी दिए ।
महोत्सवको प्रदेश प्रमुख देवराज जोशीले भोली दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको सङ्घका अध्यक्ष देवकोटाले बताए । महोत्सवमा झन्डै डेढ सय ब्यबसायिक स्टल रहने आयोजकले जनाएको छ ।
बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरू महोत्सवमा रहने छन् । यस्तै लामितालमा पर्यटन प्रवर्द्धनको लागी डुङ्गाको व्यवस्था पनि गरिएको छ । महोत्सवमा विद्यार्थीको लागी ५० र सर्वसाधारणको लागी ८० रुपैयाँ टिकट कायम गरिएको छ । सातौँ संस्करणको महोत्सवले यस क्षेत्रको पर्यटनमा विकास पुग्ने आयोजकले विश्वास लिएको छ ।
२६ पुस २०७९, मंगलवार १४:४८ बजे प्रकाशित































