punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा क्रसर उद्योगको बदमासी : बालुवाको अनुमति लिएर गिट्टी प्रशोधन

Chaupati
safha napa

धनगढी, कैलालीको एक क्रसर उद्योगले बालुवा प्रशोधनको मात्रै अनुमति लिए पनि गिट्टीसमेत प्रशोधन गर्ने गरेको पाइएको छ ।

गोदावरी नगरपालिका–६ लालपुरमा रहेको शिव शक्ति बालुवा प्रशोधन केन्द्रले नियम विपरीत गिट्टी पनि प्रशोधन गर्दै आएको हो । अनुगमन गर्दा सो उद्योगले नियम विपरीत गिट्टी प्रशोधन गरेको पाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा शनिवार कैलालीका केही क्रसर उद्योगको अनुगमन गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बालुवा प्रशोधनको अनुमति लिएर गिट्टी प्रशोधन गर्नु नियम सङ्गत नरहेको बताए । यो उद्योगको काम नियम सङ्गत देखिएको छैन’, उनले भने। यसै गरी, धनगढी उपमहानगरपालिका–११ स्थित बेलामा रहेको कालिका कन्स्ट्रक्सनले अनुमति पत्र बिना ढुङ्गा, बालुवा सङ्कलन गरिरहेको अनुगमन टोलीले जनाएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका–११ बासखेडामा रहेको उच्च कोटी आरएमसी इन्जिनीयरिङसँग पनि नदीजन्य पदार्थ सङ्कलन गर्नका लागि कागजपत्र नरहेको टोलीले जनाएको छ । दुई उद्योगले अनुमतिको कागजपत्रबिनै नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गरिरहेको अनुगमन टोलीले जनाएको छ । दुवै उद्योगका सञ्चालक भने नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

अनुगमन टोलीमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, डिभिजन वन कार्यालयका अधिकारीलगायतको सहभागिता थियो ।


२४ पुस २०७९, आइतवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु