punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रोकेको टिपरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

Chaupati
safha napa

सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरको पछाडि दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते छन्।

बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको बा८९प ३२१५ र प्रदेश १ ०२ ०४४ प ८६१९ नम्बरका मोटरसाइकल गए राति करिब पौने २ बजे बिग्रिएर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा ठोक्किएका थिए।

मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

घाइते भएका अन्दाजी २४ वर्षीय पुरुषलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहीले जनाएकोे छ।


२४ पुस २०७९, आइतवार ११:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु