punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा तस्करसँग प्रहरीको ‘सेटिङ’,खोसियो सई र हवल्दारको जिम्मेवारी

Chaupati
safha napa

तस्करीसँग मिलेमतो गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक सई र प्रहरी सहायक हवल्दारको जिम्मेवारी खोसिएको छ।

सादा पोशाकका प्रहरी प्रमुख रहेका सई सुशील चन्द र सहायक हवलदार नन्दराज भट्टको जिम्मेवारी खोसिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० देवेन्द्र पालले जानकारी दिए।

उनीहरूलाई सादा पोशाकको जिम्मेवारीबाट हटाएर कार्यालयभित्रै अन्य काममा खटाएको छ।

एसपी पालका अनुसार उनीहरूले तस्करहरूसँग मिलेमतो गरेको भन्दै बेनामे उजुरी परेपछि आन्तरिक रूपमा छानविन थालेको हो।

छानविनबाट दोषी देखिए उनीहरू दुबै जनालाई कारबाही गरिने उनले बताए।

‘उजुरी परेपछि हामीले छानविन गर्नुपर्ने हुन्छ। त्यसैले हामीले आन्तरिक रूपमै छानविन प्रक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘सादा पोशाकमा खटिने उनीहरूको जिम्मेवारी थियो। अहिले कार्यालयकै अन्य काममा खटिनेछन्।’


२१ पुस २०७९, बिहीवार ११:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु