punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार?

Chaupati
safha napa

आज साताकाे दाेस्राे काराेबार दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजपनि सुन आइतबारकै दररेटमा कारोबार भइहरकाे छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँ छ।

अघिल्लो दिन (आइतबार) भने सुन तोलामा ३०० रुपैयाँ बढेको थियो। आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।

सोमबार चाँदीको मूल्य पनि यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार जस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ।

आइतबार भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको थियो।


१८ पुस २०७९, सोमवार १३:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु