प्रदेश सभामा सर्वदलीय बैठक जारी, सभामुख र उपसभामुख निर्वाचन बारे छलफल
कैलाली । सुदूरपश्चिम प्रदेशमा सर्वदलीय बैठक बसिरहेको छ ।
ज्येष्ठ प्रदेश सभा सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिममा सभामुख र उपसभामुखको निर्वाचन कहिले गर्ने भन्ने बारे छलफल भइरहेको छ ।भोली प्रदेश सभाको पहिलो बैठक बस्दै छ ।
पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।
सभामुख र उपसभामुखको निर्वाचन कहिले गर्ने भन्ने बारे अझै सहमति हुन सकेको छैन ।
१७ पुस २०७९, आइतवार १३:१५ बजे प्रकाशित






























