punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा लेखन आजदेखि

Chaupati
safha napa

सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले आजदेखि प्रारिम्भक मस्यौदा लेखनको काम सुरु गर्दैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले सरकारमा सम्मिलित दलका नेताका सुझाव समावेश गर्दै मस्यौदा तयार पार्ने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् कार्यदल सदस्य मुकुल ढकालले प्रारम्भिक चरणको छलफल सकिएको भन्दै आइतबार (आज)देखि प्रारम्भिक मस्यौदा लेखनको काम सुरु हुने बताए । कुनै पनि दललाई आपत्ती नहुने र गर्न सकिने विषय साझा न्यूनतम कार्यक्रममा समेटिने उनले बताए ।

१४ पुसमा बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम तय बनाउने निर्णय गर्दै त्यसको संयोजकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको थियो । कार्यदललाई ५ दिनभित्र शीर्ष नेताहरुसमक्ष मस्यौदा बुझाइसक्न भनिएको छ । कार्यदलको प्रारम्भिक मस्यौदालाई शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् ।


१७ पुस २०७९, आइतवार १२:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु