punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षा

Chaupati
safha napa

काठमाडौँ– पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

आइतबार दिउँसो देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै हिमाली भेगका विभिन्न स्थानमा हिमपातको सम्भावना रहेको छ।  प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ पर्न सक्ने विभागको अनुमान छ। यसैगरी राति प्रदेश १ को पहाडी भेगमा पानी पर्ने सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हिमपात हुनसक्ने महाशाखाको अनुमान छ।

चिसोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभाव पर्ने हुँदा सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।


१७ पुस २०७९, आइतवार ०७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु