शुक्लाफाँटा पत्रकारिता पुरस्कारबाट उन्नती चौधरी सम्मानित
कैलाली। शुक्लाफाँटा पत्रकारिता पुरस्कारबाट उन्नती चौधरी सम्मानित भएकी छिन् । शुक्लाफाँटा एफएमको १६ औँ वार्षिक उत्सवको अवसरमा चौधरी शुक्लाफाँटा पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी हुन् ।
सामुदायिक रेडियो शुक्लाफाँटा एफ एम ९९.४ मेगाहर्जले १६औँ वार्षिकोत्सवको अवसरमा केर्नी न्युजकी सञ्चालक तथा सम्पादक चौधरीलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
१७ पुस २०७९, आइतवार ०७:२१ बजे प्रकाशित































