बास नेपाल कैलालीको घोडाघोडी उपशाखा गठन,अध्यक्षमा केसी
बागेश्वरी असल शासन क्लब (बास) नेपाल कैलाली शाखाको घोडाघोडी नगरपालिका स्तरीय उपशाखा गठन गरिएको छ ।
कैलाली जिल्ला शाखाका अध्यक्ष चिरञ्जीवी छेडालको अध्यक्षतामा बसेको बैठकले इन्दु केसीको अध्यक्षतामा घोडाघोडी उपशाखा गठन गरेको हो ।
उपाध्यक्षमा पारस बुढाथोकी,सचिवमा खगेन्द्र अवस्थी,सहसचिवमा पुष्पा साही,कोषाध्यक्षमा गीता चौधरी चयन भएका छन् । सदस्यमा ज्ञानेन्द्र बम,रुपेश देवकोटा,दिनेश बम,मुकुन्द रसाइली चयन भएका छन् ।
त्यसैगरि प्रेस संयोजकमा स्वरूप चौधरी,सल्लाकारमा अमन चौधरी चयन भएका छन् । बैठकमा बास नेपालका प्रदेश संयोजक पाण्डव पुजारा,सल्लाहकार ललित सिंह को लगायतको सहभागिता रहेको थियो ।
१६ पुस २०७९, शनिवार १७:३४ बजे प्रकाशित































