punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता छनोट गर्न बसेको बैठक निष्कर्षविहीन, भोली बिहान ९ बजे पुन बस्ने

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र संसदीय दलको बैठक छनोट गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । आज दिउँसो २ बजे देखी संसदीय दलको कार्यालयमा बसेको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन ।

प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र केन्द्रीय सदस्य ओम विक्रम भाट दुवैले अन्तिम समय सम्म दाबी कायमै राखेपछि आज सहमति हुन सकेको थिए ।

आज बिहान प्रदेश कमिटी तथा केन्द्रीय सदस्यहरूको बैठकले सर्वसम्मत रुपमा दलको नेता छनोट गर्ने म्यान्डेट दिएको थियो । तर अन्तिम सम्म पनि सहमति हुन सकेन ।

भोली बिहान ९ बजे पुन बैठक बस्ने र सहमति गर्ने प्रदेश इन्चार्ज भट्टले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा माओवादीका ११ सांसद छन् ।


१६ पुस २०७९, शनिवार १८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु