punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेलले कुल्चिँदा एक जनाको मृत्यु

Chaupati
safha napa

जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले कुल्चिँदा एक जनाको मृत्यु भएको छ । बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका- २ राघोपुरका ३४ वर्षीय पुरण सदाको दुर्घटनामा मृत्यु भएको हो ।

बुधबार बिहान ९ बजेर २० मिनेटमा वैदेही रेल स्टेसनबाट जनकपुरतर्फ आउन लागेको रेलले सदालाई कुल्चिएको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश सुवेदीले बताए ।

स्टेसनबाट रेल प्रस्थान गरिसकेको अवस्थामा दौडिएर रेल चढ्न खोज्दा सदा चिप्लिएर लिकमा लडेका थिए । लिकमा लडेका सदाको घाँटी काटिएको छ । सदाको शव पोस्टमार्टमका लागि जनकपुर ल्याउने तयारी भइरहेको छ भने रेल जनकपुर आएर पुनः जयनगरतर्फ फर्किसकेको छ ।


१३ पुस २०७९, बुधवार ११:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु