punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री दाहाललाई भेट्न खुमलटार जाँदै ओली

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार जाँदैछन्।

एमालेको प्रमुख समर्थनमा सात दलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्षसमते रहेका प्रधानमन्त्री दाहाललाई भेट्न ओली खुमलटार जान लागेको एमालेका एक नेताले जानकारी दिए।

ती नेताका अनुसार समयसायीक राजनीतिक कुराकानीका लागि ओ‍ली प्रधानमन्त्री दाहाललाई भेट्न पहिलो पल्ट उनको निवास खुमलटार जान लागेका हुन्। पाँच दलीय सत्ता गठबन्धन टुटाएर सात दलीय गठन्धनमार्फत तेस्रो पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज बिहान मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए।

कांग्रेससँगको गठबन्धन टुटाएर ओली र प्रचण्ड एकठाउँमा उभिएपछि फेरि वाम एकताको चर्चा चलिरहेको छ।

 


१३ पुस २०७९, बुधवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु