सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
नेपाली बजारमा सुनको मूल्य महंगिएको छ। आज २ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७ सय पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज तेजावी सुनको मूल्य १ लाख २ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ पुगेको छ।अघिल्लो कारोबार दिन सोमबार प्रतितोला चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
१२ पुस २०७९, मंगलवार १२:०७ बजे प्रकाशित






























