बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
बझाङ : बझाङको छविस पाथिभेरा गाउपालिका-५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सोमबार साँझ साढे ७ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा छबिसपाथिभेरा-५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन्।
झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
ट्याक्टरमा रहेका अर्का एक जना सकुसल रहेको पनि प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।
११ पुस २०७९, सोमवार २१:१५ बजे प्रकाशित































