punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

को हुन् एमालेबाट मन्त्री बनेका दामोदर भण्डारी? 

Chaupati
safha napa

नवगठित मन्त्रिपरिषद्‌मा नेकपा (एमाले)बाट उपप्रधानमन्त्री सहित चार जना मन्त्री बनेका छन्।

विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन् भने मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईको मन्त्रालय तोकिएको छैन।

मन्त्री भण्डारी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए। उनी मंसीर ४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। २०७० र २०७४ सालमा पनि उनी सांसद बनेका थिए।

भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष हुन्। २०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष बनेका भण्डारी २०५० मा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने। बैतडी जिल्ला अध्यक्ष हुँदै २०७५ सालमा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका थिए।


११ पुस २०७९, सोमवार २१:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु