punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालकाेट बाेलाएर आफू निकटका नेताहरूसँग छलफल गर्दै

Chaupati
safha napa

नेकपा एमालेका अध्यक्ष केही शर्मा ओलीले साेमबार आफू निकटका नेताहरूसँग छलफल गरिरहेका छन्।

उनले आफ्नाे निवास बालकाेटमा बाेलाएर आफू निकटका नेताहरूसँग वर्तमान रा‍जनीतिक अवस्था र अबकाे याेजनाका‍ बारेमा छलफल गरिरहेकाे पार्टी निकट स्राेतले जानकारी दिएकाे छ।

स्राेतका अनुसार साे छलफलमा नेता विष्णु रिमाल, ईश्वर पोखरेललगायतका नेताहरू सहभागी छन्। बैठक जारी छ।

ओली नेतृत्वकाे एमालेकाे समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका छन्।

कांग्रेससँग गठबन्धन गरेका दाहालले प्रधानमन्त्री र अन्य पदकाे बाडफाँटमा कुरा नमिल्दा कांग्रेससँगकाे गठबन्धन टाेडेर एमालेसँग सहकार्य गर्दै उनी प्रधानमन्त्री बनेका हुन्।
प्रचण्डले आज साँझ प्रधानमन्त्रीकाे शपथ लिने कार्यक्रम छ। साथै उनी नेतृत्वकाे सरकारमा सहभागी सबै दललाई सहभागी गराएर सानाे मन्त्रिमण्डल तयार गर्ने तयारी छ।

उपप्रधानमन्त्रीमा भने माओवादीका नारायणकाजी श्रेष्ठ हुने भएका छन्।


११ पुस २०७९, सोमवार १२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु