सुनचाँदीको मूल्य स्थिर
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने आइतबार पनि सोही मुल्यमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबारमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
११ पुस २०७९, सोमवार १३:४१ बजे प्रकाशित































