धनगढीको जंगलमा दुई युवतीको शव फेला, आत्महत्या गरेको आशंका
धनगढी, असार २० । धनगढीमा दुई युवतीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेली जंगलमा दुई युवतीको शव फेला परेको हो । सोही स्थानकी १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउत रहेको शव एकै ठाउँमा फेला परेको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका ७ बेली जंगलमा उनीहरुले बिष सेवन गरेर आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । उनीहरुको शव नजिकै सल्फास नामक विषादीसमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका नावय उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
मृतकहरुको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । उनीहरु समलिंगी रहेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
२० असार २०७७, शनिवार ०८:३४ बजे प्रकाशित













