punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या, श्रीमान् पक्राउ

Chaupati
safha napa

कैलाली ।कैलालीमा एक जनाले आफ्नै श्रीमतीको बन्चरो प्रहार गरि हत्या गरेका छन् । जिल्लाको टिकापुर नगरपालिका वडा न.१ गणेशपुर शिविर बस्ने बर्ष ६०को भगीरथ जैशीले ५९ बर्सकी श्रीमती मुगादेवी जैसीलाई बन्चरोले हानेर हत्या गरेका हुन् ।    अघिल्लो महिला २८ गते विवादका कारण श्रीमतीको टाउकोमा उनले बन्चरो प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते भएकी जैसीलाई टीकापुर अस्पतालबाट थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो । कोहलपुरबाट घाईतेको  आफन्तको  अनुरोधमा मोहन्याल गाउँपालिका वडा न.७ ज्यामिरे लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बन्चरो प्रहार गर्ने श्रीमानलाई पक्राउ गरि अनुसन्धान गरिरहेको भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।


९ पुस २०७९, शनिवार २०:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु