punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सवमा आज कुन-कुन कलाकारहरूको प्रस्तुति ?

Chaupati
safha napa

कैलाली उद्योग बाणिज्य संघको आयोजनामा धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको एघारौं दिन (पुस ३ गते) पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने भएको छ ।

महोत्सवमा चर्चित गायिका एलिना चौहानको सांगितिक प्रस्तुति रहने महोत्सव आयोजकले जनाएको छ ।

पछिल्लो समय दर्शक, स्रोताले अत्याधिक मन पराएकी गायिका एलिना चौहानका अधिकांस गित लोकप्रिय बनेका छन् । गायिका एलिना चौहानका पानी पधेरो, मेरो परान,के माया लाग्छ र,मिनिरल वाटर,बरिलै,धोके बाज, भाग्यमा खोट लगायत गित संगीत क्षेत्रमा लोकप्रिय बनेका छन् ।

यस्तै महोत्सवमा चर्चित तथा लोकप्रिय कार्यक्रम इन्द्रेणीको टिम पनि आउने भएको छ । इन्द्रेणीका संचालन तथा लोक दोहोरी गायक कृष्ण कडेल, श्रीराम अधिकारी, मनमाया वाईबा, कृष्णा बजगाई, भुमिका बयक, हास्य कलाकार सुबोध गौतम, देउडा गायक महेश कुमार आउजी सहित स्थानीय कलाकारको पनि सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भएको छ । महोत्सव तीन दिन थप्दै पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।


३ पुस २०७९, आइतवार १०:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु