punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रविको पार्टीका सांसदहरुलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध!

Chaupati
safha napa

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको छ। सांसद पदको सपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यममा बोल्न पार्टीले प्रतिबन्ध लगाएको हो।

अहिले नै पार्टीको आधिकारिक नीति र विचार प्रष्ट नभएको, नयाँ सरकारमा हुने भूमिका पनि नखुलिसकेको अवस्थामा मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको हो । सपथ निलिई अहिले नै मिडियासँग नबोल्ने भन्ने पार्टीको आग्रह छ।

मंसिर ४ को निर्वाचनबाट संघीय संसदको चौथो शक्तिका रूपमा उदाएको यो दलका २० सांसद छन्। उनीहरू कसैलाई पनि अहिले सार्वजनिक मिडियामार्फत आफ्नो भनाइ नराख्न पार्टीले आन्तरिक बैठकमा भनेको हो।

उक्त निर्णयबारे पार्टीका अर्का एक पदाधिकारीले पनि पुष्टि गरेका छन्। पार्टीको नीति, विचार सबै क्लियर भइसकेको छैन्। कार्यक्रम के लाने भन्नेबारे पनि छलफल भएको छैन्,’‘हाम्रो सभापतिकै पनि केही व्यक्तिगत समस्याबारे बहस भइरहेका छन्। त्यही भएर पनि अहिले नै मिडियामा नजाने भन्ने छ।

स्रोतका अनुसार सभापति रवि लामिछानेले सांसदहरूका पछिल्ला अन्तर्वार्ता कन्ट्रोभर्सी (विवाद) भएपछि नबोल्न निर्देशन दिएका हुन्।

रास्वपाभित्र कस्तो पार्टी बनाउने, विचार के हुने, सिद्धान्त र संगठन कस्तो हुने भन्ने अहिलेसम्म स्पष्ट खुलिसकेको छैन।
त्यहीकारण सांसदहरुले आफूअनुकुलको विचारबारे ब्याख्या गरिरहेका छन्। त्यहीकारण सभापति रविको योजना र सांसदको धारणा नमिल्दा पार्टीमा अहिले नै दुई धार देखा परिसकेको छ।


१ पुस २०७९, शुक्रवार १३:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु