punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जब वडाध्यक्षले महिलालाई अंगालो हाल्दै ‘किस’ मागे…

Chaupati
safha napa

महेन्द्रनगर, असार १८
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले एक महिला माथि दुव्र्यवहारको प्रयास गरेका छन् । भीनपा –९ ब्रह्मदेवमा नै पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडाध्यक्ष नाथले दुव्र्यवहारको प्रयास गरेका हुन् ।

बिहिवार दिउसो देखि पिडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनी माथि दुव्र्यवहारको प्रयास गरेको इलाका प्रहरी कार्यालय ब्रह्मदेवले जनाएको छ ।

मदिरा सेवन पनि वडाध्यक्षले अंगालो हाल्दै ‘किस’ मागेको स्थानीयको आरोप छ । वडाध्यक्ष र महिलालाई सोधपुछका लागि ईप्रका ब्रह्मदेवमा नै राखिएको छ ।

स्थानीयले उक्त महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका छन् । साथै इप्रका माथि ढुंगामुढा समेत प्रहार भइरहेको प्रहरीले जनाएको छ ।


१८ असार २०७७, बिहीवार १८:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु