punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगलागीमा परी पाँचथरका ९१ वर्षीया वृद्धाको मृत्यु

Chaupati
safha napa

घरमा आगलागी हुँदा पाँचथरमा ९१ वर्षीया वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङरुपा निवासी सुखरानी नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घरमा एक्लै बसिरहेकी नेम्वाङको बुधबार बिहान ८ बजे निधन भएको बताइएको छ । आगेनाबाट सल्केको आगो शरीरमा सल्किँदा उनको ज्यान गएको स्थानीयले जनाएका छन् । नेम्वाङ उक्त घरमा एक्लै बस्दै आएकी थिइन् ।

घटनाको जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली पठाइएको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी बताए ।

 


२८ मंसिर २०७९, बुधवार १२:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु