punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मकवानपुरमा महिला हत्या आरोपी पक्राउ

Chaupati
safha napa

हत्या आरोपमा सोही ठाउँ बस्ने ३३ वर्षीय रोज वाइबालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । गत १३ गतेदेखि हराएकी ३५ वर्षीया वाइबाको शव २४ गते बेलुकी भटिएको थियो । अनुसन्धानका क्रममा आरोपीलाई पक्राउ गरिएको र उनले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिएका छन् ।

आफ्नी श्रीमती हराएपछी गत १७ गते सरस्वतीका श्रीमान बिर बहादुर वाइबाले खिजिदिना निवेदन दिएका थिए । २४ गते प्रहरी टोली र परिवारले खोजतलास गर्दा आरोपी रोज वाईबाको बारीमा अनुहार र कपडाको केही भाग देखिने गरी खाल्डोमा पुरिएको अबस्थामा शव फेला परेको थियो । शव फेलापरेपछी प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहित अनुसन्धान गर्दा रोज वाइबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपीले सामान्य भनाभन हुँदा एक थप्पड हानेको र भुईमा लड़ेपछी थप प्रहार गरेर खाल्डोमा पुरेको बताएको प्रवक्ता कार्कीले बताए । पक्राउ परेका वाइबालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैद सम्मको सजाय हुने र सोही अनुसार मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।


२७ मंसिर २०७९, मंगलवार १६:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु