punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

Chaupati
safha napa

कञ्चनपुर – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको से ७ प २८४२ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका ऐरको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार अहिले शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


२७ मंसिर २०७९, मंगलवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु