सुनको भाउ घटेर आज तोलाको एक लाख रुपैयाँ
आज सुनको भाउ घटेको छ । सुनको भाउ २ सय रुपैयाँले घटेर तोलाको १ लाख रुपैयाँमा कारोबार हुने सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा ३ सय रुपैयाँले घटेर १ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने यथावत् छ ।
हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ९० रुपैयाँमा झरेको थियो । आज यही भाउ कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
२७ मंसिर २०७९, मंगलवार ११:१७ बजे प्रकाशित































