धादिङमा श्रीमान्–श्रीमतीको विभत्स हत्या
धादिङ – धादिङमा आइतवार राति एक दम्पतीको हत्या भएको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका ३ आहालेमा आफ्नै घरमा सुतिरहेको अवस्थामा ६२ वर्षका विष्णुबहादुर आलेमगर र उहाँकी ६० वर्षीया श्रीमती निरमायाको विभत्स हत्या भएको हो ।
उनीहरूको शव ठाउँ–ठाउँमा धारिलो हतियारले प्रहार गरेर क्षतविक्षत बनाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । स्थानीयवासीले घटनाको बारेमा खबर गरेपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
आलेमगर दम्पतीको घर एकान्तमा भएकाले घटना हुँदा कसैलाई जानकारी नभएको स्थानीयवासीले बताएका छन् ।
२६ मंसिर २०७९, सोमवार १४:३४ बजे प्रकाशित






























