२९ बुँदे माग सहित कृष्णपुरका मेयरलाई एमालेले बुझायो ज्ञापन पत्र
नेकपा एमाले कृष्णपुर नगर कमिटीले बिभिन्न २९ बुँदे माग राख्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेम राज ओझालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार मेयर ओझालाइ एमाले नगर कमिटी अध्यक्ष गणेश सिंह ऐर र जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्तद्धारा हस्ताक्षरित ज्ञापन बुझाइएको हो ।
उक्त ज्ञापन पत्रमा नगरपालिकामा समानताको आधारमा पूर्ति गर्ने भन्दा पनि राजनीतिक आस्था, आग्रह र पूर्वाग्रह साधेर नजिकका कार्यकता एवम् आसेपासेहरुलाई पोस्ने काम गरेको आरोप लगाइएको छ ।
यस्तै जनप्रतिनिधी र कर्मचारी संयन्त्रले नगरपालिकामा गरेको व्यवहार, कार्यशैली र आचरण समेत सुधार गर्न ज्ञापन पत्रमा माग गरिएको छ । सुशासन र संस्थागत विकास, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, भूमि र विविध क्षेत्रका समेटेर नेकपा एमाले कृष्णपुर नगर कमिटीले ज्ञापन पत्रमा २९ बुँदे माग राखेको छ ।


१८ मंसिर २०७९, आइतवार १६:५९ बजे प्रकाशित































