punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेदकोट नगरपालिका भित्र छाडा चौपाया

Chaupati
safha napa

बेदकोट नगरपालिकाका वासिन्दाले छाडा पशु चौपाया लिएर नगरपालिका कार्यालय घेराउ गरेका छन् । नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गर्न नसकेपछि स्थानीयले कार्यालय घेराउ गरी दबाव दिएका छन् ।

वेदकोट नगरपालिका विभिन्न क्षेत्रबाट छाडिएका चौपायालाई उनीहरुले कार्यालयभित्र लगेका छन् । कार्यालयको प्रवेशद्वार बन्द गरी उनीहरुलाई बाहिर आउजाउ समेत बन्द गरि दिए ।

बेदकोट नगरपालिकाले शनिबार केही छाडा चौपायालाई चुनेपानी गौशालामा पठाएपछि विवाद उब्जिएको थियो । चुनेपानी छाडा चौपाया लैजान थालिएपछि शनिबार साँझ स्थानीयले ढुङ्गा प्रहार गरेका थिए । त्यस क्रममा चार जना घाइते भएका छन् ।

शनिबार साँझको विवादपछि स्थानीय आक्रोशित भएर आइतबार विहान नगरपालिका कार्यालय पुगेका छन् । बेदकोट नगरपालिका ४ बैतोडामा भाडामा लिएको जमिनमा नराखेर चुनेपानी लगिएपछि स्थानीय विरोधमा उत्रिएका छन् ।

नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि बालज्योति माविलाई वार्षिक एक लाख भाडा दिने गरी जमिन लिएको छ ।

 


१८ मंसिर २०७९, आइतवार १६:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु