बुढीनन्दामा भेटिएको कंकाल बेपत्ता पत्रकार खड्काकै भएको पुष्टि

धनगढी, असार १६ । बाजुराको बुढीनन्दामा भेटिएको कंकाल (करङ) २०७५ भदौ ९ गते बेपत्ता भएका पत्रकार तेजु खड्काको भएको पुष्टि भएको छ । भेटिएको करङ नेपाल प्रहरीको केद्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको थियो ।

प्रयोगशालाको रिपोटमा तेजु खडकाको मिल्दोजुल्दो भएको र उनकै करङ रहेको रिपोटमा पुष्टि भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराईले बताए । उनको खोजि गर्ने क्रममा १ वर्षपछि दुईवटा करङ, झोला र आइडी कार्ड भेटिएको थियो ।

बाजुराको प्रसिद्ध तिर्थस्थल बुढीनन्दा दर्शन गरी फर्किने क्रममा सम्पर्क विहीन बनेका थिए । खडका दिपायल सिलगढी नगरपालिका १ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार ब्यवस्थापकको रुपमा काम गर्दै आएका थिए । २०७५ साल भाद्र ०९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा उनी छाप्रे डाडाको बर माग्ने डाडाबाट सम्पर्क विहीन भएका थिए ।

प्रहरी घटना स्थलमा पुगेपछि पत्रकारको परिचयपत्र, ज्याकेट कालो कलरको टिसर्ट माटोले कलर छुट्याउन नसकिने, गुलावी कलरको झोला छातीको करङ २ वटा लगाएतका सामग्रीहरु फेला परेको प्रहरीले जनाएको थियो ।


१६ असार २०७७, मंगलवार १२:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु