punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २५ सय नाघ्यो, थप ९६ जनामा पुष्टि

Chaupati
safha napa

धनगढी, असार १६ । सुदूरपश्चिममा आज थप ९६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९६ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका सात महिला र २० पुरुष गरी २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा आज बाजुराका १६ महिला र ३२ पुरुषमा कोरोना पुष्टि भएको छ। पाटन अस्पतालमा भएको परीक्षणमा आज डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको छ भने विर अस्पतालमा भएको परीक्षणमा डोटीका एक महिला र १४ पुरुष गरी १५ जना, बैतडीका एक पुरुष र अछामका एक महिलामा कोरोना पुष्टि भएको छ।

यस्तै धनगढीमा भएको परीक्षणमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ४४ बर्षीय पुरुष र अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ का ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै कोरोना परीक्षण भएको छ। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार पाँच सय ३१ पुगेको छ। आज थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय ८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै बाजुराका चार सय ६५, डोटीमा चार सय ४०, कञ्चनपुरमा तीन सय सात, डडेल्धुरामा दुई सय २९, बैतडीमा दुई सय १८, अछामका एक सय ६८, बझाङमा ७९ र दार्चुलामा १७ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने तीन सय ८८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।


१६ असार २०७७, मंगलवार ११:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु