punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मृत्युपछि कोरोना पुष्टि, सुदूरपश्चिममा मृतकको संख्या सात पुग्यो

Chaupati
safha napa

धनगढी, असार १६ । सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसिरहेका थिए। असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो।

आकश्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो मृत्यु भएको थियो। योसंगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको सङख्या सात पुगेको छ।


१६ असार २०७७, मंगलवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु